अशोक झा
राजविराज, १८ बैशाख ।
सप्तरीमा कोरोना भाइरसको प्रकोप बढदै गई रहेको वर्तमान अवस्थामा पनि कोरोना गाइडलाइनको पालना भई रहेको छैन ।
सप्तरी सदरमुकाम राजविराजमा सहित जिल्लामा कोरोनाको दोस्रो लहरमा दुई जनाको मृत्यु भई सकेको छ भने करिब कबिर ७ दर्जन संक्रमित फेलाको तथ्य जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको जनाए पनि जिल्लामा कोरोना गाइडलाइनको पालना भई रहेको देखिदैन ।
बिना मास्कको प्रयोग, सामाजिक दुरी कायम बिना कोरोना संक्रमणको चेनलाई बे्रक गर्न सकिदैन यथार्थलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कडा रुपमा निर्देशन दिए पनि जिल्लामा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना भई रहेको छैन ।
सदरमुकाम राजविराजको मुटुमा रहेको हटियामा तरकारीको थोक तथा खुद्रा बिक्रेता लगायत अन्य हटियाहरुमा समेत सर्वसाधारणबीच किनमेलको कारण व्यापक भिड देखिने गरिन्छ । गाउँ–गाउँबाट तरकारी बेच्न आएका किसान र व्यापारीको अव्यवस्थित भिड सर्वत्र देखिन्छ ।
तरकारी बजारमा मास्क नलगाउने, मास्क लगाईहाले पनि राम्रोसँग नलगाउनेको संख्या बढी देखिएको छ । सामाजिक दूरीको पालना नगरी धेरै जना मानिसहरु एकै ठाउँमा झुम्मिएको पाईएको छ ।
च्यापुमा मास्क लगाएकाहरु नाकमुख छोप्दा गर्मी हुने भएकाले भर्खरै तल झारेको जवाफ फर्काउछन् । ‘पानी खाँदा फुकालेको थिएँ, लगाउनै विर्सेछु’ तरकारी बजारमा भेटिएका एक व्यापारी भन्छन् । तरकारी किन्न आउनेहरु हुन या तरकारी बेच्ने स्वास्थ्य सुरक्षा सतर्कताका विषयमा ध्यान दिएका थिएनन् ।
विगतमा निषेधाज्ञाको समयमा तरकारी तथा खाद्यान्न बिक्रि गर्दा सामाजिक दुरी कायम गराउँन अनिवार्य गरिएको थियो । तरकारी बिक्री वितरणका लागि राजविराज स्थित राजगंशालामा बिहान बेलुका तरकारी हटियाको व्यवस्थापन गरिएको थियो । तर, यसबर्ष त्यस्तो तयारी खासै देखिएको छैन ।