अशोक झा
राजविराज, ०२ बैशाख ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै मिथिलाञ्चलमा मनाइने जुरशिलत पर्व पूर्णरुपा प्रभावित भएको छ
पर्वको अवसरमा सप्तरीका अनेकौं स्थानमा लाग्ने भेला यस वर्ष पनि कोरोना प्रभावका कारण प्रभावित भएका छन् ।
जिल्लाका प्रख्यात मेलाहरु राजदेवी मेला, नाककट्टा बाबा मेला, ओद्रोहा कमलपुरको मेला, कजला दह मेला र शम्भुनाथ मेला सहित अनेकौं मेलाहरु प्रभावित भएको छ ।
स्थानीय प्रशासनले मेला लगाउनमा रोक लगाए पछि आयोजकहरु पनि अन्यौलमा परेको सहजै देखियो । मेला भर्न श्रद्धालुको उपस्थित सामान्य मात्रामा शुरुवात भए पनि मेलाको स्थानमा उपस्थित सुरक्षाकर्मीले सबैलाई फर्काइ दिएका छन् ।
राजविराजको राजदेवी मन्दिर अगाडी सयौं वर्षदेखि लाग्ने गरेको सिरुवा मेला कोरोनाको कारण लगातार दुई वर्षदेखि अवरुद्ध भएको छ । मेला भर्न आएका श्रद्धालुहरु बिना भिडभाडले मन्दिरमा दर्शन गदै फर्किएका छन् भने मन्दिर भन्दा अलि टाढा केही पसलले पसल थापेर मेला भर्न आएकाहरुलाई किनबेच गरेर सान्त्वना प्रदान गरेको छ ।
प्रशासनको व्यापक उपस्थितिको कारण राजदेवी मन्दिर अगाडीको सडक पूर्णरुपमा सुनसान देखिएको छ ।