लिलाकान्त यादव,
राजविराज, ०१ बैशाख । सप्तरीमा थप दुई जना कोरोना कोरोना संक्रमणको पुष्टि भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ का ५८ वर्षिय पुरुष र रुपनी गाउँपालिका वडा नं. ५ बस्ने ३६ वर्षिया एकजना महिलामा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।
संक्रमित दुवैको अवस्था समान्य रहेको र होम आइशोलनमा राखेर उपचार भई रहेको प्रमुख यादवको भनाई छ ।