लिलाकान्त यादव,
राजविराज, १२ फागुन ।
सप्तरी सहित तराई मधेशमा आत्महत्या गर्नेहरुको संख्यामा व्यापक बृद्धि भएको छ । पछिल्लो सात महिनामा सप्तरी जिल्लामा ५९ जनाले आत्महत्या गरेको एक तथ्याङ्कले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जारी गरेको तथ्याङ्क अनुसार प्रदेश नं. २ मा सात महिना भित्र ४ सय ९२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५९ जना सप्तरीको रहेको बताइएको छ ।
यसै अवधिमा सिरहामा ८६ जना, धनुषामा ८२ जना, बारा र पर्सामा ६७÷६७ जना, रौतहटमा ६६ जना, महोतरीमा ३४ जना र सर्लाहीमा ३१ जनाले आत्महत्या गरेका हुन् ।
सप्तरीमा झुण्डिएर ३५, विष खाएर २३ र डुबेर १ जना, महोत्तरीमा झुण्डिएर ३२ र विष खाएर २ जना, सर्लाहीमा झुण्डिएर २५ र विष खाएर ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।
त्यस्तै सिरहामा झुण्डिएर ६१, विष खाएर २४ र डुबेर १ जना, धनुषामा झुण्डिएर ६४ र विष खाएर १८ जना, बारामा झुण्डिएर ४४ र विष खाएर २३ जना, पर्सामा झुण्डिएर ५७ र विष खाएर १० जना, रौतहटमा झुण्डिएर ४५, विष खाएर र २१ जनाले आत्महत्या गरेका छन् ।
पारिवारीक कलह, आर्थिक असफलता, डिप्रेसन, आत्मल कमजोर हुनु, दाइजो प्रथा, अचानक कुनै बेइज्जती हुनु, यौन दुव्र्यवहार जस्ता कारणले आत्महत्याका घटनामा बृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।