ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १२ फाल्गुन ।
महिनौ देखि मुलुकमा रहेको संसद विघटन मुद्दाको जटिलतालाई ध्यानमा राखी संसद विघटनलाई बदर गरेको सर्वोच्च अदालतको आदेशले सम्वैधानिक समस्यालाई यथा सयममै निकास दिएको ठहर सर्वोच्च अदालत वार एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका सचिव ऋषिराम घिमिरेले बुधवार विज्ञप्ति प्रकाशन गर्दै सर्वोच्च अदालतको आदेशले मुलुकको वर्तमान गम्भिर सम्वैधानिक समस्याको यथासमयमै निकाश दिएको भन्दै यो आदेशले विधिको शासन संविधानवाद, सम्वैधानिक सवोच्चयता कायम राखेको बताएका छन् । विज्ञप्तिमा यस आदेशले न्यायलय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको देखाएको भनिएको छ ।
सर्वोच्च अदालतको संसद विघटन सम्बन्धी मुद्दामा भएको आदेशले विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधान मार्फत स्थापित गरेका मूल्य मान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेमा एशोसिएसन विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।