अशोक झा,
राजविराज, ०६ फाल्गुन ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवलाई मातृशोक परेको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ८ का अध्यक्ष यादवकी ममतामयी आमा भूटनी देवी यादवको ७८ वर्षको उमेरमा आफ्नै निवास स्थानमा विहिवार निधन भएको हो ।
तिन सन्तानकी आमा भएको मृतक यादवको पार्थिव शरिर राजविराजमै राखिएको छ भने शुक्रवार बिहान उनकै पैतृक गाउँ महादेवा गाउँपालिका वडा नं. १ पकरीमा लगिए पश्चात कोशी ब्यारेजको स्वर्गद्वार घाटमा वा महदेवा मै अन्तिम संस्कार गरिने निर्णय भए अनुसार सो अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ ।
मृतक यादवको दुई छोरा तथा एक छोरी मध्ये अध्यक्ष यादव दशकौं देखि शिक्षण पेशा संरक्षणका लागि शिक्षकहरुका छाता संगठन शिक्षण महासंघमा योगदान पुर्याउँदै आएको छ ।