मधेश न्यूज सम्वाददाता,
राजविराज, १६ पौष ।
प्रहरी चौकी तिलाठीका प्रमुख प्र.ना.नि. शिकन्दर प्रसाद कानु विरुद्ध विहिवार भ्रष्टाचार मुद्दा दायर भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ तिलाठी स्थित रहेको प्रहरी चौकीमा मोटरसाईकल प्रक्राउ गरी राखेको सो धनि माग्न जाँदा घुस मागिएको प्रमाणको आधारमा सो मुद्दा दायर गरिएको हो । कानुनले घुस मागेको भन्ने सूचना तथा निवेदनका आधारमा अख्तियारको शाखा कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो ।
कानुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले दाबी गरेको छ। कानुलाई ५० हजार रुपैयाँ बिगो कायम गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्द विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।