अशोक झा राजविराज, ०९ मंसिर । बन्द रहेको भारतीय सिमा नाका खुल्ला गर्न जनता समाजवादी पार्टीले माँग गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै खास गरी तराई–मधेशका जनताको सहजतालाई ध्यानमा राखि सिमा खुलाउन माँग गरेका हुन् । विज्ञप्तिमा कोरोनाको कारण अन्तर्राष्ट्रिय सिमा बन्द गरिएको र मित्र राष्ट्र भारतसँगको सिमा बन्द भएको कारण देशको अर्थतन्त्र धरासायी भएको भनिएको छ । विज्ञप्तिमा खास गरी तराई मधेशमा बसोबास गर्ने नेपालीहरुको जीवन यापन लगायत कृषि क्षेत्रमा समेत प्रभाव परेको कारण नेपाल सरकारले तत्काल सिमा नाका खोलाउनु पर्ने भनिएको छ । साथै कोरोना भाइरस अझै फैलिन नदिन स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको जोखिम भत्ता लगायत स्वास्थ्य संस्थाहरुलाई चाहिएको समान, उचित दक्ष जनशक्ति र औषधी लगायतको समान उपलब्ध गराउन विज्ञप्ति मार्फत माँग गरिएको छ ।