अशोक झा…
राजविराज, १३ कार्तिक । प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले विकासीय योजनाहरुको स्थलगत निरिक्षण गरेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ र ८ मा विकासीय योजनाहरुको शुक्रवार मन्त्री साहले स्थलगत निरिक्षण गरेका हुन् ।
मन्त्री साह सहितका टोलीले हनुमानननगर कंकालिनी नगरपालिका वडा नं.१ भलुवा र वडा नं. ८ जमुवामा आगामी विकासीय योजनाहरुको स्थलगत निरिक्षण गरेका छन् । निरिक्षण गर्दै मन्त्री साहले सडक, शिक्षा तथा स्वास्थ्यलाई प्राथमिक्ता दिएका छन् ।
प्रदेश नं. २ मा विकासीय योजनाहरु प्रति सतत प्रयासरत रहने मन्त्रीले यस अघि पनि प्रदेशमा विकासीय योजनाहरु माथि सफल हुँदै वैंश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरस न्यूनीकरणका लागि समेत उनले सदैव तत्परदाका साथ अग्रस्थानमा रहेको प्रदेशबासीले महसुस गर्दै आएका छन् ।
निरिक्षणका क्रममा मन्त्री साहले जिल्लाको भारदह स्थित अस्पताल ५० बेड भए पनि अगामी दिनमा यस अस्पताललाई बाल अस्पालमा स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने प्रदेशमा कुनै पनि जनता स्वास्थ, शिक्षा तथा सडक सेवाबाट वंचित नहुने विश्वास समेत व्यक्त गरेका छन् ।
निरिक्षणका क्रममा मन्त्री साह सँगै जनता समाजवादी पार्टीका रामेश्वर यादव, जय सुन्दर यादव, राम विलास साह, चित नारायण यादव , राष्ट्रिय शिक्षक मंचका राष्ट्रिय उपाध्यक्ष दिनेश कुमार यादव सहित पोर्ताहा विकास समितिका युवाहरुको समेत सहभागीता रहेको थियो ।
यसैबीच मन्त्री साह सहितका टोलीले शनिवार गिदखोरामा पोर्तााहा विकास समितका युवाहरुको अगुवाईमा विकासीय योजनाहरुको स्थलगत निरिक्षण गर्दै अगामी योजनाहरुको वारेमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।