अशोक झा
राजविराज १३ कार्तिक । वैश्विक महामारीका रुपमा फैलिएका कोरोना भाइरसका कारण विदेशमा फँसेका नेपालीलाई स्वदेश फिर्ताका लागि सरकारले सम्बन्धित देशसँग बातचित जारी राखेको संघीय सरकार श्रम तथा रोजगार मन्त्री रामेश्वय राय यादवले बताएका छन् ।
एक कार्यक्रममा सहभागी हुन बिहीवार सप्तरीका आएका मन्त्री यादवले भारदह स्थित रोयल सेकेन्ण्ड्री विद्यालयमा मधेश न्यूजका सम्पादक अशोक झासँग सक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
कोरोनाका कारण विदेशबाट घर आउन इच्छुक नेपालीका लागि सरकारले सम्बन्धित देशसँग परराष्ट्र मन्त्रालय मार्फत बार्ता जारी रहेको भन्दै कोरोनाका कारण बेरोजगार भएका युवाहरुका लागि सरकारले निरन्तर मन्थन गरी रहेको मन्त्री यादवले बताए ।
वर्तमान समयमा नेपाल–भारतबीचको सम्बन्ध सुमधुर रहेको र नेपाल–भारत सदियौं देखि एक अर्काको परिपुरक रहेको हुनाले दुई देशबीच कुनै पनि मुद्दामा कटुता उत्पन्न नहुने ठोकुवा गर्दै नेपाल सरकारले भारतसँगको सम्बन्ध अझैं प्रगाढ गर्न प्रयासरत रहेको बताए । केही तत्वले प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्यलाई गलत व्याख्या गरेको र भारतसँगको सम्बन्ध चिस्याइएको भ्रामक प्रचारबाजी मात्रै गरेको उनले बताए ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना न्यूनीकरणका लागि नेपाल सरकार वास्तवमा असफल भएको मधेश न्यूजको प्रश्नमा मन्त्री यादवले भने– “कोरोना न्यूनीकरण तथा नियन्त्रणका लागि सरकार अहिले पनि तत्परताका साथ अगाडी बढि रहेको भन्दै आर्थिक क्षमता भएका व्यक्तिहरुलाई होम आइशोलनमा बसेर उपचार गर्न आग्रह मात्रै गरेको र आर्थिक विपन्न भएकालाई सरकार उपचार गर्न तयार रहेको बताए ।
सबैथोक संचालनमा रहे पनि विद्यालय मात्रै बन्द गर्नाले कोरोना न्यूनीकरण हुन्छ ? प्रश्नको जवाफमा मन्त्री यादवले भने–“ विद्यालय बन्द राख्ने सरकारको कुनै मनसाय नरहेको बाध्यतावश मात्रै विद्यालय बन्द राखेको बताए । विद्यालयमा स–साना कलिला बालबालिकाकहरु अध्ययनरत रहेको र बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएको हुनाले सतर्कता स्वरुप मात्रै विद्यालय बन्द राखेको बताए ।