अशोक झा…
राजविराज, १७ भदौं । प्रहरीको गस्ती टोलीले सप्तरीको रुपनी गाउँपालिकाबाट अवैध खैनी सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका गस्ति टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा रुपनी गाउँपालिका वडा नं. ४ छपकीबाट शम्भुनाथ नगरपालिका वडा नं. ३ बस्ने राजदेव दासलाई अवैध खैनी सहित पक्राउ गरेको हो ।
प्र०२–०४१प९४६ नम्बरको मोटरसाइकलमा करिब ३० हजार ४ सय रुपैयाँ बराबरको १ सय ९० पोका कविर छाप खैनी सहित दासलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि राखिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।