अशोक झा… राजविराज, ०२ कार्तिक ।
सप्तरीमा लागु औषध व्राउन सुगरसहित पक्राउ परेको दुई प्रहरीले आइतवार सार्वजनिक गरेको छ । तिलाठी कोईलाडी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय निरज शर्मा र २७ वर्षिय भरत शर्मालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नं. ५ बकधुवावाट नियन्त्रणमा लिईएको बताइएको छ । महदेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको स ७ प १८६५ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा पछाडि वसेका भरतको साथवाट ५० ग्राम व्राउन सुगर वरामद भएको थियो। ‘व्राउन सुगर लिएर आउँदै गरेको सुचना पाएपछि हामीले मोटरसाईकल, साईकल र पैदल यात्री समेतलाई प्रहरीले चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन । प्लाष्टिकको एउटा पोकाभित्र १०÷१० ग्राममा ५ पोका वनाएर वोकेका रहेछन्। उनीहरुको साथवाट व्राउन सुगरसहित २ थान मोबाईल, ६ हजार ९ नगद पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना सँग अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ भने आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको र एक वर्षदेखि लागुऔषध ओसारपसार गर्न थालेको स्वीकारेका छन् । सप्तरी जिल्ला अदालतबाट आइतबार म्याद थप गराएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (१) को (छ) अनुसार अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्य बोहक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना छ । पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना तथा एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।