अशोक झा…
राजविराज, ०१ कार्तिक। विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी र उक्त महामारी बाट बच्न अपनाएको बन्दाबंदीको चपेटामा परि पारिवारिक गुजारा चलाउनको निम्ति कठिनाई भएका परिवारहरुलाई सबल नेपालले खाधान्न, शैक्षिक तथा सफाई सामग्री र बेबी प्याक सहयोग गरेको छ ।
खडक तथा सुरुंगा नगरपालिकाको अति प्रभावित १ सय ६८ परिवारहरुलाई प्रति परिवार ८ हजार ६ सय २५ रुपैया बराबरको खाधान्न र आवश्यकता अनुसार २ हजार ५ सय पर्ने शैक्षिक सामग्री तथा १ हजार पर्ने बेबी प्याक सेभ द चिल्ड्रेनको सहयोगमा वितरण गरिएको हो । सुरुङ्गा नगरपालिका स्थित कदमाहा बाट सुरुवात गरिएको उक्त कार्यक्रमको उदघाटन मेयर मुक्ति नाथ चौधरीले गर्दै नगरपालिकाका सबै प्रभावित परिवारहरुलाई सहयोग गर्ने योजना रहेको र उक्त योजनामा सबल नेपाल र सेभ द चिल्ड्रेन ले एउटा आयाम थपेको बताए ।
महामारीको बेला अनावश्यक भिड र झन्झट न्यूनीकरण गर्नका लागि प्रभु बैंक लिमिटेडको प्राविधिक सहयोगमा भाउचर ट्रान्सफर कार्यक्रम मार्फत उक्त सामग्रीहरु प्रभावित परिवारहरुलाई भौचर कोडलाई उपलब्ध गराईछुटा छट्टै तोकिएको पसलमा सेवाग्राहीले सजिलै सामग्री संग साट्न गरि व्यवस्था मिलाएको जानकारी सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले बताए।