अशोक झा….
राजविराज, ०१ कार्तिक। सप्तरीमा शनिवार ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज नगरपालिका वडा नं. १ का १ जना, वडा नं. ६ का २ जना, वडा नं. ७ का १ जना, वडा नं. ८ का १ जना, वडा नं. १५ का १ जना रुपनी गाउँपालिका वडा नं. ६ का १ जनामा संक्रमणको पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संखया १ हजार ४ सय ७९ पुगेको छ भने १ हजार २ सय १८ जना उपचार पश्चात घर फिर्ता गएका छन् । जिल्लामा संक्रमणबाट ४ महिला सहित २४ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार १७ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्र १४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरका १ सय ५२ संक्रमित थपिएका हुन् ।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४३८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७ सय १५ जना छन्।
शनिबार १ हजार ८ सय जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ।
मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।
मन्त्रालयका अनुसार अहिले आईसीयू २ यय ९० र भेन्टिलेटर ६६ जनाको उपचार भइराखेको छ ।