अशोक झा
राजविराज, ०१ असोज । सप्तरी जिल्लामा अहिले शैक्षिक परिवर्तन आवश्यक रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताएका छन् ।
राष्ट्रिय शिक्षक मंच सप्तरीको रुपनी गाउँपालिकामा शनिवार आयोजित शिक्षक भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जिल्लामा शैक्षिक क्षेत्रका गणमान्य व्यक्तिहरु रुपनी गाउँपालिकाबाट नै रहेको र रुपनी गाउँपालिका सहित जिल्लामा शैक्षिक स्थित खस्किदै गई रहेको अवस्थामा राष्ट्रिय शिक्षक मंचको प्रयासले शैक्षिक क्षेत्रमा सुधार आउने विश्वास समेत अध्यक्ष यादवले व्यक्त गरेका छन् ।
राष्ट्रिय शिक्षक मंच सप्तरीका उपाध्यक्ष रामनाथ महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्टि अतिथीमा राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव, केन्द्रिय सदस्य सुभाष साह , प्राध्यापक अनिल कुमार मण्डल लगायतका रहेका थिए भने विद्यार्थी नेता शम्भु यादव, सुमन ठाकुर, मंचका राजविराज नगर अध्यक्ष रामानन्द सुनरैत यादव , रुपनी गा पा का नगर अध्यक्ष देव नारायण गोइत, निर्मला यादव, सचिव दिपेन्द्र चौधरी लगायत सैकडौ शिक्षक उपस्थिति रहेका थिए ।