अशोक झा… राजविराज २९ असोज । जनता माध्यमिक विद्यालय खुरहुरियाका निमित्त प्रधानाध्यापक र शिक्षकहरु माथि भएको दुव्र्यवहारप्रति विभिन्न संघ संगठनहरुले भत्र्सना गरेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति सप्तरीका सचिव लखिन्द्र प्रसाद साह र नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो भत्सर्ना गरेका हुन् । विज्ञप्तिमा मावि खुरहुरियाका निमित्त प्रधानाध्यापक भुपेन्द्र साह र विद्यालयमा कार्यरत शिक्षकहरु माथि सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चित्र नारायण यादव र सदस्य संजिब कुमार यादवले विद्यालयमा अनायास पुगी प्रअ सहितका व्यक्तिहरु माथि हातपात गरेको बताइएको छ । शिक्षा कुनै पनि देशको भविष्य रहेको र भविष्य निर्माता शिक्षकहरु माथि केही व्यक्तिहरुद्वारा गरिएको अमानवीय क्रियाकलाप निन्दनीय रहेको र यस्ता कार्य अगामी दिनमा नदोहोरियोस तथा घटनामा संलग्न दोषी माथि कडा भन्दा कडा कारबाहीको माँग समेत विज्ञप्ति मार्फत गरिएको छ ।