राम नाथ महतो
राजविराज, २८ असोज । राष्ट्रिय शिक्षक मंचले सप्तरी सदरमुकाम राजविराजमा बुधवार नगर स्तरीय शिक्षक भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय शिक्षक मंच जिल्ला कार्य समिति सप्तरीद्वारा स्थानीय वर्ल्ड भिजन मोडर्न क्याम्पसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षक मंच सप्तरीका अध्यक्ष सुकदेव यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विजयी दशमीको शुभकामना आदान प्रदान सँगै कोरोना महामारीका बीच विद्यार्थी तथा अभिभावकहरुले भोगेको पीडा सम्बन्धमा समेत चर्चा गरिएको हो ।
कार्यक्रममा शिक्षक मंचका केन्द्रिय सदस्य सुभाष साह, मिन्दु यादव, विद्यार्थी नेता शम्भु यादव, नगर अध्यक्ष रामानन्द सुनरैत यादव, उपाध्यक्ष जिबानन्द राउत, सचिव सूर्य नारायण ठाकुर, सह सचिव लक्षेश्वर पण्डित लगायत नगर कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो भने शम्भु यादव, सुभाष साह, दिनेश यादव र जिबानन्द राउत लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।