अशोक झा….
राजविराज, २७ असोज । सप्तरीमा कोरोना संक्रमणबाट मंगलवार एकजनाको मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका वडा नं. ६ निवासी एक बृद्धको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यो संगै जिल्लामा कोरोनाबाट मृतकको संख्या २२ पुगेको हो ।
त्यस्तै मंगलवार जिल्लामा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । निमित्त प्रमुख यादवका अनुसार संक्रमितहरु सबै अग्निसाइर कृष्णासबरन गाउँपालिकाका रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्।
गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।
मंगलबार १ हजार ५ सय ३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ।
यस्तै पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना संक्रमणमा पर्ने क्रम बढेको छ ।
सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् ।
‘पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो,’ प्रमुख साहले भने, ‘सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।’ अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ ।
भङ्गाहा वडा नं. ४ का वडाध्यक्ष अशोक कुमार महतो पनि संक्रमित भएका थिए । अहिले महतो संक्रमणमुक्त भइसकेका छन् ।
यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को सङ्क्रमणको चपेटामा परेका छन् । अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको ज्यान गएको हो ।
वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
यस्तै मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका वडा नं. ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।
विराटनगर ७ हाटखोलाका पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।सिमानाकाबाट ओहोर दोहोर कायम रहँदा संक्रमण बढ्दो