अशोक झा…
राजविराज, २६ असोज । तिरहुत गाउँपालिकाको मैनाकडेरीमा भएको विभत्स हत्याको १५ दिन पश्चात प्रहरीले आरोपित तीनजनालाई पक्राउ गरेको छ ।
तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरी बस्ने दायमन देवी यादवको असोज १० गते राति विभत्स ढंगले हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। विभत्स हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने अजय कुमार यादव, राधे भनिने ओम प्रकाश यादव र कंचनरुप नगरपालिका वडा नं. ११ ठेलिया बस्ने बम बहादुर साहलाई प्रहरीले पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ
आरोपित ओम प्रकाश र मृतकको देबरानीबीच अवैध सम्बन्ध रहेको र सोको जानकारी दायमन देवीले पाएपछि पोल खुल्ने डरले हत्या गरिएको अनुमान प्रहरीको रहेको छ ।