अशोक झा….
राजविराज, २६ असोज । कोरोना संक्रमणबाट पीडित भएका सप्तरीका प्रदेश सभा सांसद अभिषेक यादवको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मधेश न्यूज प्रा.लि.का अशोक झासँग सोमवार संक्षिप्त टेलिफोन बातचितमा उनले आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको बताएका हुन् ।
बातचितमा उनले आफुलाई कोरोनाको कुनै लक्षण नदेखिए पनि शारीरिक रुपमा कमजोर महसुस मात्रै भई रहेको बताउँदै उच्च सतर्कता अपनाई राजविराज स्थित आफ्नै घरमा होम आइसोलेशनमा रहेको बताए । आफु संक्रमित रहेको र संक्रमित हुनु भन्दा पहिला आफ्ना सम्पर्कमा आएका सम्पूर्ण ईष्ट मित्र, साथी भाईहरुलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै पीसीआर जाँच गराउन समेत उनले सुझाव दिएका छन् ।
सांसद यादवले आइतवार मात्रै सामाजिक स्टाट्स लेख्दै आफु कोरोना सक्रमित भएका बताएका थिए । उनले स्टाटसमा “आदरणीय मित्रहरु तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोना संक्रमणको चपेटामा परेको छु, मेरो रिपोर्ट पोजिटिभ आएको छ, म सँग कन्ट्याक्टमा रहनु भएकाहरुलाई यथाशिघ्र पिरिआर परिक्षण गराउन आग्रह गर्दछु।” लेखेका छन् ।
सांसद यादव सप्तरी क्षेत्र नम्वर ४ (क) वाट प्रदेश नं. २ का लागि प्रदेश सभामा निर्वाचित भएका थिए ।