अशोक झा….
राजविराज, १८ असोज । असोज ३ गतेको विरोधमा सभाको समयमा भएको मतान्तरलाई लिएर उत्पन्न विवाद समाधान भएको जनता समाजवादी पार्टी सप्तरीले जनाएको छ ।
पार्टी सप्तरीका अध्यक्षद्वय हरेराम यादव र केदार यादवले आइतवार जारी गरेको विज्ञप्तिमा यस्तो बताएका हुन् । विज्ञप्तिमा पार्टीको निर्देशन अनुसार संविधानको विरोधका लागि असोज ३ गते राजविराजको दशन चौकमा आयोजित विरोध सभाका क्रममा भएको मतान्तरको विषयलाई लिएर पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शनिवार राजविराजमा दुवै पक्षसँग छलफल गर्दै सहमतिमा जान निर्देशन दिएका थिए । राष्ट्रिय अध्यक्ष यादवको उपस्थितिमा कारबाही गरिएका र कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिहरुले आत्मलोचना गरे पश्चात विवाद समाधान भएको बताइएको छ ।
पार्टीका केन्द्रिय सदस्यद्वय भिमराज यादव र अशोक कुमार यादवमाथि कारबाहीको लागि गरिएको सिफारिस फिर्ता लिएको छ भने प्रदेश समिति सदस्य सत्यनारायण यादवमाथिको कारबाही सिफारिस फिर्ता लिएको भन्दै नगर समिति सदस्य लक्ष्मण यादव माथि गरिएको कारबाही समेत फिर्ता लिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।