अशोक झा….
राजविराज १७ असोज । कोरोनाबाट मृत्यु भएका सप्तरीका एकजना नेतालाई जनता समाजवादी पार्टीले शनिवार पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली दिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुला निवासी जसपा नेता धर्म नारायण रायलाई जसका राष्ट्रिय सभा सांसद मृगेन्द्र कुमार सिंह यादव सहितकाहरुले उनकै पैतृक गाउँमा गएर पार्थिव शरिरमाथि झण्डा ओढाई अन्तिम विदाई गरेका हुन् ।
सो अवसरमा राजपाका पूर्वअध्यक्ष मण्डलका सप्तरी संयोजक सुनिल कुमार झा, सांसद यादवका स्वकीय सचिव राजेश्वर राय, गुड्डु सिंह, जागेश्वर राय, राम नारायण यादव, रामचन्द्र साह सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
तत्कालिन सद्भावना परिषद्बाट आफ्ना राजनैतिक जीवन शुरुआत गरी आफ्ना गाविसमा अध्यक्ष पदमा रहि स्वर्गीय राय जनसेवामा लागेका थिए भने उनको शुक्रवार कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।