राजविराज, १६ भदौं । सप्तरीमा मंगलवार १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिकामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।
संक्रमित प्रहरी जवानको अवस्थामा सामान्य रहेको र उनलाई आइसोलेशन कक्षमा ल्याउने तयारी गरिएको निमित्त प्रमुख यादवले बताए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २३ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७ सय ६८ जनाले कोरोना जितेका छन्। हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।