अशोक झा
राजविराज १६ असोज । सप्तरीको राजविराजमा विरोध सभाको क्रममा जनता समाजवादी पार्टीका कार्यकर्ताबीच भएको मतभेदलाई लिएर गरिएको कार्वाही प्रक्रिया प्रति घोर आपत्ती जनाइएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा र तत्कालिन समाजवादी पार्टीका सप्तरी जिल्ला पार्टी इन्चार्ज सत्य नारायण यादवले एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ती जनाएका छन् ।
विज्ञप्तिमा संघीयता, पहिचान, अधिकार समानुपातिक समावेशीता सहित संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लामो समय सम्म जनताले त्याग, बलिदान र संघर्ष गर्दै आएको बताइएको भन्दै देशमा उपेक्षित, अपहेलित मधेशी, आदिवासी जनजाति, दलित र मुस्मिल सहितको अधिकार प्राप्तिका लागि स्थापित जनता समाजवादी पार्टी नेपालमा विगत झैं पार्टी भित्र रहेका केही नाकारात्मक प्रवृति बोकेकाहरु आफ्नो हालीमुहाली कायम राख्ने प्रयासरत रहेको भन्दै पार्टीका केही व्यक्तिले निहित स्वार्थका लागि पार्टीको विधान र आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर भ्रम सृजना गर्ने तर्फ लागेको बताएका छन् ।
विज्ञप्तिमा तत्कालिन राजपा नेपालको संयोजकको हैसियतले यहि असोज १५ गते जारी विज्ञप्ति अनुसार २ महिने कार्य अवधिमै महिनौ अगाडी अवधि सकेको हुँदा पुनः सयोजकको हैसियतले विज्ञप्ति प्रकाशित गरेको घोर भत्सर्ना गरिएको छ ।
असोज १५ जारी जनता समाजवादी पार्टीका अध्यक्षद्वय भन्दै हरेरम यादव र केदार यादवले जारी गरिएको विज्ञप्तिमा भिमराज यादव, लक्ष्मण यादव, अशोक यादव, सत्य नारायण यादव लाई पदबाट केही महिनाका लागि निलम्बन गर्दै केहीलाई कारबाहीको प्रक्रिया अगाडी बढाएको थियो ।
पार्टीको अनाधिकृत रुपमा लेटर प्याड बनाई कारबाही गरिएको भनि आम जनमानसमा अनरगल भ्रम फैलाई राजनैतिक चरित्रहत्या गर्ने प्रयासको भत्सर्ना गर्दै पार्टीलाई थप मजबुद बनाउन सहमति सहकार्य गरी पार्टीको उद्देश्य पुरा गर्न अनुरोध समेत विज्ञप्ति मार्फत गरिएको छ ।