अशोक झा…
राजविराज, १४ असोज । सप्तरी सदरमुकाम राजविराजका एकजना समाजसेवीको आकस्मिक निधन भएको छ ।
राजविराज नगरपालिका वडा नं. १२ विषहरिया बस्ने ६० वर्षिय समाजसेवी गंगाराम यादवको बुधवार उनकै निवासमा निधन भएको बताइएको छ ।
स्वर्गिय यादव आफ्ना जिवनको पूर्वार्धमा कृषि विकास बैंकका शाखा अधिकृत रुपमा रहि जनसेवा गरेका थिए भने अवकाश भए पश्चात उनी तत्कालिन विषहरिया गाविसमा अध्यक्षमा पदमा रहेर जनताको सेवा गरेका थिए ।
स्वर्गीय यादवलाई उनकै पैतृक गाउँ विषहरियामा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ भने उनी मधुमेह तथा मृगौला रोगबाट पीडित भए पनि कोरोना संक्रमणबाट समेत पीडित भएका थिए ।
कोरोना संक्रमण भए पश्चात उनी करिब दुई हप्ता धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई कोरोनालाई परास्त गर्दै घर फिर्ता भएका थिए ।
उनी जनता समाजवादी पार्टीसँग आबद्ध थिए ।