अशोक झा….
राजविराज, १४ असोज ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा संचालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरुवा चरुवाको सशक्तिकरण कार्यक्रम अन्तरगत आधारभुत माध्यमिक विद्यालय कनकपट्टीमा उक्त तालिम शुरु भएको हो ।
श्रीपुर्राज विकास केन्द्रका अध्यक्ष सुखिलाल चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शम्भुनथा नगरपालिकाका प्रशासन शाखा प्रमुख प्रधुमन पोखरेल, शम्भुनाथ नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख रुसो चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीलगायतले तालिमको महत्ववारे प्रष्टिकरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाका विभिन्न वडामा गठित हरुवा चरुवाहरुको वचत समूहमा आबद्ध ३० जनाको सहभागीता रहेको सो तालिममा कोभिड–१९ रोकथाम तथा न्यूनीकरणसँगै सहकारी व्यवस्थापन लगायतको विषयमा कृष्णहरि उपाध्यायले सहजीकरण गर्ने श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक बिजली रामले बताए ।