राजविराज, १२ असोज । सप्तरीको सुकुम्बासीहरुलाई खाना खुवाएर एक संस्थाले सोमवार खाना दिवस मनाएको छ ।
जिल्ला भुमि अधिकार मञ्च सप्तरीले सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दियाका ५६ जना भुमिहिनलाई खाना खुवाएर दिवस मनाएको हो ।
स्थानीय देवी देउराली गाउँ भुमि अधिकार मञ्च हर्दियाका अध्यक्ष सतोन सदाको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बिष्णुबहादुर थापाको प्रमुख आतिथ्यमा हर्दियामा आयोजना गरेको खाना दिवस कार्यक्रममा ५६ जना भुमिहिन सुकुम्बासीहरुलाई साकाहारी खाना खुवाइएको बताइएको छ ।