अशोक झा…
राजविराज, १५ भदौं । सप्तरीमा सोमवार एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकाका १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
प्रमुख यादवका अनुसार संक्रमितको अवस्थामा सामान्य रहेको र उनलाई आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
३ सय ०३ महिला र ५ सय ९६ पुरुष गरी ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता गौतमका पीसीआर परीक्षण गरिएका ११ हजार १ सय २९ स्वाबमध्ये ८ सय ९९ स्वाबको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४ सय १० पुगेको छ।
अहिले क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना रहेका छन्। नेपाल सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ७ सय १ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १ सय २१ जनाको उपचार भइरहेको छ।