अशोक झा….
राजविराज, ०६ असोज । सप्तरीमा मंगलवार एक स्थानीय तहका प्रमुख सहित दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साह र छिन्नमस्ता गाउँपालिकाका एकजनामा संक्रमणको पुष्टि भएको छ ।
मेयर साहको स्वाब परीक्षण जनकपुर अस्पतालमा गरे पश्चात परिणाममा संक्रमण देखिएको छ भने राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा गरिएको परीक्षणबाट संक्रमणको पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५६ जनामा संक्रमण देखिएको हो ।
अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ४८ हजार ६१ रहेको छ ।