अशोक झा…
राजविराज, ०५ असोज । सप्तरीमा सोमवार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलालले दिएको जानकारी अनुसार जिल्लाको तिरहुत गाउँपालिकाका २ जना, तिलाठी कोइलाडी गाउँपालिका र खडक नगरपालिकाका १/१ जनामा संक्रमणको पुष्टि भएको हो ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा १ सय २२ जनाको स्वाब परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ भने यो संगै जिल्लामा कुल संक्रमित १ हजार २ सय ६ भएको छ ।
यसैबीच संक्रमणबाट पीडित आइसोलेशनमा उपचार पश्चात पूर्व विषहरिया गाविसका अध्यक्ष गंगाराम यादव सकुशल घर फिर्ता भएका छन् ।
६५ वर्षिय यादव करिब २ हप्ता अगाडी कोरोना संक्रमणबाट पीडित भई सुनसरी जिल्लाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका थिए ।