अशोक कुमार झा
राजविराज, ०४ असोज । आन्दोलनरत शिक्षकहरुको जायज माँग र आन्दोलन प्रति मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री मो. समिमले समर्थन जनाएका छन् ।
मन्त्री समिमले संसदमा पेश भएको शिक्षा ऐनका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको स्पष्ट नीति सम्बोधन हुने गरी शिक्षकको जाय माँग पुरा गर्न संघीय संसद र नेपाल सरकारसँग अनुरोध गरेका हुन् ।
जारी पत्रमा शिक्षा ऐन २०२८ लाई प्रतिस्थापना गरी नेपाल सरकारको मन्त्री परिषदबाट स्वीकृत गरी संघीय संसदमा पेश भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक २०८० को सन्दर्भमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डौं केन्द्रित आन्दोलन प्रति ध्यानाकर्षण भएको र सो विधेयक सँग शिक्षक तथा कर्मचारीको गम्भिर असन्तुष्टि रहेकोले आन्दोलन प्रति पूर्ण समर्थन रहेको उल्लेख रहेको छ ।