राजविराज, १५ भदौं । सप्तरीमा कोरोना भाइरसको प्रकोप व्यापक रुपमा बढी रहेको बेला जिल्ला संकट व्यवस्थापन समिति सप्तरीले सात दिनका लागि निषेधाज्ञा थप गरेको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको सुरक्षा संयन्त्र तथा संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लाभरि १८ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र ७ दिन अर्थात भदौं २२ गते ११ बजे रातिसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा कडाईका साथ लागु गर्ने निर्णय गरिएको छ ।