राजविराज, ३१ भदौं ।
सप्तरीको तरहीमा शनिवार नेपाली काँग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ३ तरही स्थित नेपाली काँग्रेसका स्थानीय नेता गया प्रसाद साहको अध्यक्षता तथा नगर सभापति नारायण यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले वडा नं. ३ का वडाअध्यक्ष भागेश्वर यादवले आफुखुशी कार्य सम्पादन गरी रहेको आरोप लगाउँदै वडाका अन्य अन्य जनप्रतिनिधिहरुसँग समेत समन्वय गरी नरहेको बताए। पार्टीको नीति र नियम अनुसार वडाअध्यक्षलाई कार्य सम्पादन गर्नु पर्ने रहे पनि वडाअध्यक्षले पार्टीको हकहित विपरित कार्य गरी रहेकोले सो कार्य नगर्न उनले आग्रह समेत गरे ।
कार्यक्रममा धु्रव नारायण चौधरी, अरजु कुमार चौधरी, देवाबन्द चौधरी सहितकाले आ–आफ्ना मन्तव्य राखेका थिए भने सोही कार्यक्रममा मार्फत तेज नारायण साह, बुधि नाथ चौधरी, बच्चा साफी, कपलेश्वरी सदा, अनुदेवी चौधरी र दिपक कुमार साहलाई सम्मान गरिएको छ ।