अशाेक झा । राजविराज ५ माघ । हनुमाननगर कंकालिनी नगरद्वारा “नगर क्लोथ बैंक”को शुभारंभ
गाँस, बास र कपासको न्यूनतम दायित्व पुरा गर्न हनुमाननगर कंकालिनी नगरपालिकाले नगरप्रमुख श्री बीरेन्द्र माझी र उपप्रमुख श्रीमती सरिता यादवको आतिथ्यमा नगरका ज्येष्ठ दलित, एकल महिला र पूर्ण अपाङ्गता भएका नागरिकलाई न्यानो कपड़ाको रूपमा सिरक वितरण गरिएको छ ।
नगर क्लोथ बैंक यसै आ.व. देखि आरम्भ गरिएकोले अनुभवहरू बटुल्दै आगामी वर्षदेखि यसलाई पूर्ण व्यवस्थित गर्ने र विधी अनुसार बैंक भर्षैभरि सञ्चालनमा राख्ने कुरा नगरप्रमुख र उपप्रमुखले बताउनु भयो ।
सामाजिक अभिभाराको न्यूनतम दायित्वलाई बोध गर्दै नगरपालिकाले “नगर क्लोथ बैंक” सञ्चालन गरेकोमा नागरिकको तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौं!