अशोक कुमार झा
राजविराज, ३० पौष । आशा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिवार
सप्तरीको विष्णुपुुर गाउँपालिका वडा नं. ६ रजितपुर चौकमा आशा बहुउद्देश्यीयले एक कार्यक्रमको आयोजना गर्दै पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष आयल राउतको अध्यक्षता तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मार्फत अध्यक्ष राउतले एक वर्षको अवधीमा संस्थाको वचत ६४ लाख भन्दा बढी रहेको बताए । संस्थाको शेयर पूँजी ५१ लाख ४५ हजार रहेको छ भने ऋण लगानी ५२ लाख ३५ हजार २ रुपयाँ रहेको अध्यक्ष राउतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुह्माकुमारी रोजयोग सेवा केन्द्रका मुख्य संचालित भगवती दिदी, वडा नं. ६ का वडाअध्यक्ष प्रमानन्द यादव, ब्रह्मकुमार दिपक भाई, मोहित भाइ, मनोज भाई, पत्रकार दिनानाथ यादव, अशोक झा सहितकाले शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रम मार्फत पालिका अध्यक्ष यादवले संस्थाका संचालक समितिका सदस्यहरु राउत, जय नारायण यादव, शंकर कुमार झा, गणिता साह सहितकालाई फुलमाला तथा अबिर लगाएर सम्मान समेत गरेका थिए ।