अशोक झा
राजविराज १ कार्तिक। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सप्तरीका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले बढीमा २९ लाख सम्म खर्च गर्न पाउनेनिर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले जनाए अनुसार सप्तरीका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवारले मात्रै २९ लाख खर्च गर्न पाउने छ ।
त्यस्तै सिरहाका चारवटै उम्मेदवारले पनि २९ लाख खर्च गर्न पाउने छन् भने धनुषाका चारवटै निर्वाचन क्षेत्रमा एउटै खर्च विवरण रहेको छ । धनुषाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले २९ लाख मात्रै खर्च गर्न पाउने छ ।
यसैगरी महोत्तरीमा पनि मात्रै २९ लाख खर्च गर्न पाउने छन भने सर्लाहीको निर्वाचन क्षेत्र नम्वर १ र ३ का उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने छ भने २ र ४ का उम्मेदवारले २९ लाख खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै रौतहटका प्रतिनिधिसभाका चारवटै निर्वाचन क्षेत्रकालागि एक नासे खर्च गर्न पाउने तोकिएको छ । रौतहटका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने भएका छन् भने बाराका निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने छ भने २, ३ र ४ का उम्मेदवारले २९ लाख सम्म खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै पर्साका निर्वाचन क्षेत्र नम्वर १,२ र ३ का उम्मेदवारले २७ लाख सम्म मात्र खर्च गर्न पाउने छ भने ४ का उम्मेदवारले २९ लाख खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।