अशोक झा
राजविराज १ कार्तिक । पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा कम्प्यूटरमा कार्यरत कम्प्यूटर अपरेटर घुस सहित पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्यूटर अपरेटर संजय कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।
१६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी घुर लिएको रकम सहित टोलीले प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ रंगेहात पक्राउ गरेको छ ।