अशोक झा
राजविराज, १२ श्रावण । जनता समाजवादी पार्टी सप्तरीले बिहीवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
किसानको समस्याको समाधान माँग सहित जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा गएको एक टोलीले प्रजिअ जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विशेष राहत प्याकेजको व्यवस्था किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था, किसानहरुले बैकबाट लिएको ऋणको व्याज मिनाहा, सिंचाईको लागि व्यापक डिप बोरिङ्ग लगायत अन्य वैकल्पिक व्यवस्था, सिंचाईको लागि किसानहरुलाई सहुलयत रुपमा डिजलको व्यवस्था, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था, कृषिट मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्कको व्यवस्था सहितको माँग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रेषिक ज्ञापन पत्रमान देशको करिब ६३ प्रतिशत जनसंख्याको रोजगारी तथा जिविकोपार्जनको आधार कृषि रहेको उल्लेख गर्दै किसानको यावत समस्याहरुको दीर्घकालिन समाधान नगरेसम्म सरकारले परिकल्पना गरेको “समृद्ध नेपाल, सुखी नेपाल”को नारा नारामै सिमित रहने भनिएको छ ।