अशोक झा
राजविराज, ०७ श्रावण । सप्तरीको अमरैयाँ निवासी रमेश कुमार यादव जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्षमा चयनित भएका छन् ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. १० अमरैयाँ खडकपुर बस्ने यादवलाई पार्टी कार्यालयमा शनिबार बसेको विद्यार्थी संगठनको बैठकले सर्वसम्मत चयन गरेको संगठनका केन्द्रिय सचीव मनिष कुमार यादवले जानकारी दिएका छन् ।
पार्टी हितमा युवा अवस्था देखि सक्रिय रहदै आएका यादव मधेश आन्दोलन लगायत अन्य आन्दोलनहरुमा समेत तरारुक्ताका साथ सहभागी भएका थिए भने तत्कालिन आन्दोलनको क्रममा प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते समेत थिए ।