https://youtu.be/uPI1Ec9RJbs अशोक झा
राजविराज, ६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयताको विरोधी रहेको आरोप पूर्व संविधान सभा सदस्य शिवराम यादवले लगाएका छन् ।
सप्तरीको राजविराजको मधेश न्यूज प्रा.लि.सँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
एमाले अध्यक्ष ओलीको मन र मतिष्कमा एउटै भेष, एउटै भुषा र एउटै मात्र अनुहार राष्ट्रवादको रुपमा घुमिरहेकोले उनले निरंकुशताको पर्यायवाचीको रुपमा आफुलाई जनसमक्ष प्रस्तुत गरी रहेको बताए । लामो संघर्ष पश्चात देशमा राजनीतिक परिवर्तन आएको यथार्थलाई ओलीले आत्मसात गर्न नसकेको भन्दै राजनीतिक परिवर्तनबाट पाएका उपलब्धीहरुलाई संरक्षण गर्नु पर्ने आजको आवश्यकता रहेको बताए ।
एमाले अध्यक्ष ओलीकै कारण देशमा राजनीतिक अस्थिरता आएको भन्दै ओलीद्वारा दुई पटक गरिएको प्रतिनिधिसभा विघटनले जनसमक्ष उनको चरित्र उदांगो भएको उनले बताए ।
वर्तमान गठबन्धनले देश, जनता तथा राजनीतिक परिवर्तनबाट पाएको उपलब्धीलाई रक्षा गर्न सक्ने भन्दै अहिलेको चारदलको गठबन्धनलाई कायम राख्नु आजको आवश्यकता रहेको बताए ।