अशोक झा
राजविराज, १८ जेठ । कुटपिट मुद्दामा फरार रहेको एकजना आरोपित १५ वर्ष पश्चात पक्राउ परेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ बस्ने अयोधी यादवको ४२ वर्षिय छोरा लालदेव यादवलाई प्रहरी पक्राउ गरेको हो ।
कुटपिट मुद्दामा २०६४ असार ४ गते सप्तरी जिल्ला अदालतले तीन महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना फैशला लगत्तै फरार रहेका यादवलाई बुधवार उनकै घरबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका यादवलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।