https://youtu.be/EbuiUguF5ag
अशोक झा
राजविराज । सम्पूर्ण जनता नै मेरो परिवारको सदस्य रहेको तिरहुत गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बलरामद यादवले बताएका छन् ,
मधेश न्यूजसँग संक्षिप्त कुराकानी गर्दै वडाअध्यक्ष यादवले यस्तो बताएका हुन् ।
वडाभरिका जनता निवर्तमान जनप्रतिनिधिको आचरणबाट वाक्क भएकै कारण म माथी विश्वास गरेको र मलाई अत्यधिक मतले विजयी गराएको भन्दै अगामी पाँच वर्षसम्म म सदैव जनताको हितको लागि प्रयत्न रहने उनले बताए । जनता र जनप्रतिनिधिबी समधुर सम्बन्ध अति आवश्यक रहेको हुनाले आफ्नो कार्यकालमा जनतालाई जनता नबुझी परिवारको सदस्य रहेको बताए । जनताबिना जनप्रतिनिधि कुनै कामको नभएकोले जनप्रतिनिधिले पनि जनचाहना अनुसार काम गर्नु पर्ने धारणा राखे ।