अशोक झा
राजविराज, १२ जेठ । सबै भाषाभाषी, जातिजाति तथा धर्मलाई एकसाथ लिएर अगाडी बढ््ने छिन्नमस्ता गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले बताएका छन् ।
छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा विहिवार आयोजित शपथग्रहण तथा पदभार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष चौधरीले अगामी पाँच वर्षमा कसैसँग कुनै भेदभाव नहुने र पालिकाको समग्र विकासको लागि सबैसँग सहकार्य गर्ने बताए।
गापा अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मार्फत उपाध्यक्ष राजुदेवी चौधरी सहित पालिकाका ७ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथग्रहण गरेका छन् ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल कुमार झा, महदेबा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, मधेश रक्षा बाहिनी प्रमुख विनोद यादव, लोसपा नेतृ पुनम यादवसहितकाले शुभकामना मन्तव्य दिएका थिए ।