अशोक झा
राजविराज, ०३ जेठ । सप्तरीको अग्निसाइर कृष्णासबरन गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएकी छिन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ८ सय ७४ मत सहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार तथा निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी कल्पना कुमारी चौधरी ४ हजार २ सय १६ मत प्राप्त गरी विजयी भएकी छिन् भने एमालेकी शैलेन्द्रीकुमारी लेखी (थारु) ३ हजार ४ सय ५१ मत सहित निकटतम प्रतिद्वन्दीमा रहेकी छिन् ।