अशोक झा
राजविराज, ११ बैशाख । स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टीले चयन गरेका उम्मेदवारहरु सोमवार मनोनय दर्ता गराउने भएका छन् ।
जसपाले चयन गरेका राजविराज नगरपालिकाका प्रमुख पदका उम्मेदवार भिमराज यादव, बलान बिहुल गाउँपालिकाका लागि दयानन्द गोइत, डाक्नेश्वरी नगरपालिकामा बेचु साह, राजगढ गाउँपालिकामा सुरेन्द्र प्रसाद यादव, विष्णुपुर गाउँपालिकाका उमेश कुमार यादव र तिलाठी कोइलाडी गाउँपालिकाका लागि निरज मुक्तिले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउने भएका छन् ।
त्यस्तै रुपनी गाउँपालिकाका लागि हरेराम यादव नगर प्रमुख तथा उपप्रमुखमा बेचनी सरदार, तिरहुत गाउँपालिकामा अध्यक्ष पदमा हेमन्त बहरखेर यादव तथा उपाध्यक्ष पदमा रामवती देवी मण्डल, बोदेबर्साइनमा नगर प्रमुख पदमा आतेश सिंह यादव तथा उपप्रमुखमा रेणु कुमारी साह, खडक नगरपालिकामा प्रमुखमा हेमायु हक तथा उपप्रमुखमा रिता कुमारी चौधरी, हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुखमा शैलेश साह तथा उपप्रमुखमा सरिता सिपलिया यादव र शम्भुनाथ नगरपालिकामा प्रमुखमा विनोद चौधरी तथा उपप्रमुखमा सूर्यकला देवी मण्डलले उम्मेदवारी दिने भएका छन् ।
यसैबीच वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टीले समेत सप्तरीका केही स्थानीय तहमा उम्मेदवार चयन गरेका छन् ।
पार्टी स्रोतले दिएको जानकारी अनुसार राजगढ गाउँपालिकाका अध्यक्ष पदमा मुसहरु यादव, खडक नगरपालिकाका नगर प्रमुख पदमा नुनु चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष पदमा सतिष कुमार सिंह, महदेबा गाउँपालिकाका अध्यक्ष पदमा सुनिल कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष पदमा विद्यानन्द चौधरी,र बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख पदमा अमरेन्द्र यादवलाई चयन गरिएको हो ।
चयन भएकाहरुले सोमवार मनोनयन दर्ता गराउने भएका छन् भने बाँकी रहेको पालिकाहरुमा अबेर रातिसम्म उम्मेदवार चयन गर्ने पार्टीले जनाएको छ भने राजविराजका लागि नगर प्रमुख पदमा लोसपाबाट दिपेन्द्र चौधरी र उपप्रमुखमा साधना झा उम्मेदवारी दर्ता गराएका छन् ।