अशोक झा
राजविराज, ११ बैशाख । बिराटनगर महानगरपालिकाले सम्पन्न गरेको मेयर कप क्रिकेट प्रतियोगिता अन्र्तगत बिजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडिहरुलाइ एक कार्यक्रमबीच आइतवार सम्मान गरिएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरेका हुन् । जस अन्र्तगत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।
प्रतियोगितामा प्रदेश नं. १ का बिराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिकाको सहभागिता रहेको थियो भने मधेश प्रदेशका बिरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा राजबिराज नगरपालिकाको सहभागि रहेको थिए । प्रतियोगिता अन्र्तगत फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि संगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका भगवति बिकले गरेका थिए ।