ईमधेश न्यूज संम्वाददाता
जनकपुरधाम, २३ चैत्र । धनुषामा गोली प्रहार गरी एकजना युवको हत्या गरिएको छ।
जिल्लाको हंसपुर नगरपालिका वडा नं. ७ बस्ने १८ वर्षीय विजय महराको शव बरामद भएको प्रहरीले जनाएको छ
महराको शव सोही नगरपालिकाको वडा नं. ६ स्थित गहुँ खेतमा भेटिएको र महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको प्रहरले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।