१०७ औं जन्मजयन्ती मनाइयो
अशोक झा….
राजविराज, २४ भदौं । काँग्रेसका संस्थापक नेता स्व. विपि कोइरालाको जन्म जयन्ति बुधवार मनाइएको छ ।
विपि कोइराला यूवा नेतृत्व विकास मञ्च सप्तरीले राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालय कोठामा “यूवामा विपि” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बुधबार १०७ औं विपि जयन्ति मनाएका हुन् ।
कोरोना महामारी तथा जिल्लामा जारि निषेधाज्ञालाई ध्यानमा राखी यस पल्ट खुल्ला रुपमा कार्यक्रम नगरि कोठामै सिमित भएर १०७ औं विपि जयन्ति मनाइएको छ ।
कार्यक्रममा सहभागि वक्ताहरुले विपि कोइरालाले लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अविश्यमर्णिय रहेको उल्लेख रहेको छ । कोइरालाले अपनाएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति मुलुकको राजनीति तथा पार्टीका लागि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिँदै वक्ताहरुले कुनै पनि गुट–उपगुटमा नलागि एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय उपाध्यक्ष महेन्द्र यादवका साथै काँग्रेसका यूवा नेता शम्भुलाल देव, रामचन्द्र यादव, रन्धिर कर्ण, अनिल देव, समिर झा, अर्जुन साह, मो. गुलाब, घनानन्द यादवलगायतले सम्बोधन गरेका थिए ।