अशोक झा
राजविराज, २१ चैत्र । आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) सप्तरीले उम्मेदवार घोषणा सुरु गरेको छ ।
माओवादी केन्द्रले सोमवार महादेवा गाउँपालिका वडा नं. १ मा राधेश्याम यादवलाई वडाध्यक्षको उम्मदेवार बनाएको जनाएको छ ।
सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र महादेवा गाउँपालिका अध्यक्ष मनोज यादवले जानकारी दिए।
छलफल तथा निर्वाचन सम्बन्धी अन्र्तक्रियामा गाउँपालिकाका स्थानिय नेता दिपेन्द्र माझी, मनोज यादव, कृष्णदेव मण्डल, वैेजु कामैत, महमद सक्र, रामविलास यादव, भागवत साह, राजाराम यादव, देवकिसुन यादव, योगेन्द्र यादव, पत्रकार देवराम यादव, राजविराज नगरपालिकाका अध्यक्ष रामगमन साह लगायतको उपस्थिती रहेको थियो ।