अशोक झा
राजविराज, २० चैत्र । सप्तरीको बोदेबर्साइनमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
वैकाशिक सशक्तिकरण (आइडिया नेपाल) ले आईतबार आयोजना गरेको लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सोही कार्यक्रम मार्फत लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवान, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकर साह, सशस्त्र प्रहरीका निरीक्षक किसमान तामाङ्ग, दीपकराज बस्नेत, देवराज पोखरेल, लालबहादुर खड्का, सुभाष पुलामी मगरलगायतलाई सम्मान गरिएको छ ।